तीन घेरामा सुरक्षा राखेर तस्करीको सुन पगाल्न सुरु (लाइभ)

Advertisement

काठमाडौं । तीन घेरामा सुरक्षा राखेर तस्करीको सुन पगाल्न सुरु भएको छ । गत साउन २ गते नियन्त्रण गरिएको सय किलोभन्दा बढी तस्करीको सुन लामो समयपछि सोमबार नेपाल राष्ट्र बैंकमा पगालेर जोख्न सुरु गरिएको हो ।  

राष्ट्र​ बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रतिनिधि समेत राखेर सुरक्षा प्रवन्धसहित पगाल्न सुरु भएको बताए । 

Advertisement

सुन गालेको प्रत्यक्षरुपमा सार्वजनिक गर्न भने सुरक्षाको दृष्टिकोणबाट असहज भए पनि सञ्चारकर्मीहरुलाई तस्वीर लिन दिइएको छ । गोप्यरुपमा सुन पगालेर तौल लिँदा सुनमा अनियमितता भएको आरोप लाग्नसक्ने भएकाले सार्वजनिकरुपमा पगाल्ने काम भएको देखिन्छ । 

हङ्कङबाट दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा र भन्सार जाँचपास पार गरेर बाहिर आएपछि पक्राउ गरेको थियो । पक्राउ परेको २७ दिनपछि आज पगाल्न सुरु गरिएको हो । यसअघि कर्पोरेट नेपालले सुन पगालेर तौल यकिन गर्ने र राजश्व अशुल्ने काममा ढिलाई भएको भन्दै पहिले समाचार प्रकाशित गरेको थियो । 

Advertisement

Advertisement