सुनको मूल्य घट्यो, चाँदी भने महंगियो

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो । त्यस्तै चाँदी प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा किनबेच भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement