एघार किलो सुन तस्करी प्रकरणमा चिनियाँसहित थप तीन जना पक्राउ

Advertisement

काठमाडौं । दोलखास्थित उत्तरी सीमामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । 

Advertisement

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने तयारी गरिएको छ । 

यसै प्रकरणमा यसअघि सात जना पक्राउ परिसकेका छन् । सुनसहित ल्याइएको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । प्रहरीले पक्राउ परेकाहरुलाई संगठित अपराधको कसुरमा समेत अनुसन्धान र कारवाहीको तयारी गरेको छ । 

अनुसन्धानका लागि काठमाडौंबाट प्राविधिक पक्ष र डकुमेन्टेसनमा सहयोग गर्ने टोली समेत दोलखा पठाइएको छ । यसरी आउने तस्करीको सुन राजधानी काठमाडौंका विभिन्न स्थानमा बिक्री हुने गरेको पाइएको छ ।

Advertisement

Advertisement