फोटोनका १४ र १५ सिटर हाई रुफ ईभी भ्यान नेपालमा

Advertisement

काठमाडौं । नेपालमा फोटोनको हाइ रुफ ईभी भ्यान सार्वजनिक भएको छ ।  कम्पनीले ल्याएको उक्त भ्यान ५७ लाख रुपियाँमै प्राप्त गर्न सकिन्छ भने फोटोनको १५ सिटको विद्युतिय भ्यान ग्राहकको पर्खाईमा रहेको कम्पनीले जनाएको हो । 

फोटोनले आफ्नो नयाँ गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा समेत ग्राहकहरुलाई प्रदान गर्ने भएको छ । उक्त विद्युतिय सवारी युरोपियन युनियन डब्लुभीटीए प्रमाणित सवारीहरु हुन् । फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किलोमिटर वा पाँच वर्षको वारेन्टी गर्दछ । 

Advertisement

हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी समेत रहेको छ । कम्पनी अनुसारको यो ५०.५३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ । उक्त व्याट्री विश्वकै ठूलो व्याट्री उत्पादक रहेको कम्पनीले जनाएको छ  । 

फोटोनका ब्रिकी प्रमुख नविन अर्यालले चालक र यात्रु दुवैलाई सहज हुने उन्नत प्रविधि र विशाल इन्टेरियर गाडीमा जडान गरिएको बताए ।  

त्यस्तै, एमएडब्लुका कार्यकारी निर्देशक विष्णु अग्रवाल फोटोन निर्माता मात्र होइन बरु यो त नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्टिटेक्ट पनि हो भन्दै नेपालभर ईभीका लागि आवश्यक चार्जिङ स्टेशन समेत निर्माण गरिरहेको बताए ।  

Advertisement

Advertisement