'दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वारा एक्कासि राजीनामा'

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक्कासी राजीनामा दिएका छन् । प्राधिकरणसँग सम्वन्धित् नयाँ भ्रष्टाचार र कर छलीका प्रकरणहरु आइरहेको बेला उनले मंगलबार बिहान राजीनामा दिएका हुन् । 

अध्यक्ष खनालले सुचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामापत्र बुझाएका छन् । अहिले एनसेलको शेयर खरीद बिक्री प्रकरण र टेरामक्स खरीद प्रकरण निकै चर्चामा छ । ती प्रकरणलाई लिएर संसदीय समितिहरुले तारन्तार मन्त्री शर्मादेखि अध्यक्ष खनालमाथि बोलाएर सोधपुछ गर्दै आएका छन् । 

Advertisement

यी प्रकरणहरुका बीच सरकारले नै खनाललाई राजीनामा गर्न दबाब दिएको हुनसक्ने अडकल गरिएको छ । प्रधानमन्त्रीले आफ्नो सचिवालयका अधिकांशलाई परिवर्तन गरेका छन् । मन्त्रीहरुसमेत फेर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले विभिन्न निकायको कार्यकारी नेतृत्व परिवर्तन गरेर आफ्नो अनुकुलको व्यक्ति ल्याउने तयारी गरेको बुझिाएको छ । 

Advertisement

Advertisement