एनसेललाई कर तिराउन साँसदहरुको चर्को माग, संलग्नहरुको पनि छानविन हुनुपर्ने

Advertisement

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा अधिकांश साँसदहरुले एनसेललाई पुँजीगत लाभकर बुझाएर मात्रै सञ्चालन गर्न दिन माग गरेका छन् । 

एनसेलको विदेशी लगानीकर्ताहरुबीच नेपाल बाहिर भएको भनिएको स्वामित्व खरिद बिक्रीमा एनसेलले पुँजीगत लाभकर नतिर्ने संकेत गरिरहेको बेला लेखा समितिमा पनि कर तिराउन आवाज उठेको हो । 

Advertisement

बैठकमा बोल्दै सांसदहरूले एनसेलले एकपक्षीय रुपमा कर नतिर्ने निर्णय गरेर नेपाल सरकारलाई अर्बौंको घाटा लगाउन खोजेको र त्यसको तत्काल उचित छानबिन गरि करको दायरामा ल्याउन माग गरे ।

सांसद ममता गिरीले एनसेलसँग नेपाल सरकारले उठाउनु पर्ने कर उठाएर कम्पनी नै खारेज गर्नुपर्ने अभिव्यक्ति दिइन भने एनसेलसँग यसअघि मोटो रकम कमिशन माग्दा नपाएर रुष्ट भएका काँग्रेस नेता मिनेन्द्र रिजालले पनि चर्को स्वरमा एनसेललाई कर तिराउन माग गरेका थिए । 

सांसद विरेन्द्र महतोले अख्तियारले सानोतिनो भ्रष्टचारीलाई छाडेर अर्बौंको भ्रष्टचारको अनुशन्धान गर्नुपर्ने बताए । कांग्रेसकै सांसद रामहरी खतिवडाले एनसेल प्रकरणमा मन्त्री तथा प्रधानमन्त्रीको संलग्नता बारेपनि अनुशन्धान जरुरी भएको बताए । 

लेखा समितिले एनसेलको करबारे सरोकारवाला पक्षहरुलाई लेखा समितिमा बोलाएर पुनः छलफल गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement