नेपाली आकाशमै शिशुको जन्म, आमा र शिशुको स्वास्थ्य सामान्य

Advertisement

कोहलपुरः नेपाल एयरलाइन्सको जहाजभित्र एक महिनाले बच्चको जन्म दिएकी छन् । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको उक्त जहाजभित्र २२ वर्षीया मायादेवी भामले सोमबार छोरा जन्माएकी हुन ।

छाँयानाथ रारा नगरपालिका २ की भामले जहाज आकाशमा उडिरहेको अवस्थामा जन्माएको समाचार स्रोतको भनाई छ । ताल्चा विमानस्थलबाट नेपालगन्ज राँझा विमानस्थलमा आउँदै गर्दा मायादेवीले बच्चा जन्माएको निगमको भनाई छ ।

उनलाई सुत्केरी बेथाले च्यापेपछि जहाजमा उपचारका लागि नेपालगन्ज ल्याइँदै थियो । तर आउँदा आउँदै आकाशमा मायादेवीले छोरोको जन्म दिएकी हुन ।

बिहान ११ बजेर ५ मिनेटमा ताल्चाबाट उडेको जहाजमा ११ बजेर ५५ मिनेटमा बच्चा जन्मेको निगमको भनाई छ । अहिले आमा र बच्चालाई उपचारका लागि भेरीअञ्चल अस्पताल नेपालगन्जमा राखिएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको जनाएको छ।

अत्याधिक रक्तश्राव भएपछि उनलाई आफन्तको आग्रहमा नेपाल एयरलायन्सको जहाजबाट उपचारका लागि लगिँदै थियो । रक्तश्रावका कारण ज्यान नै जाने खतराभएपछि जहाजका पाइलट आइआर गुरुङले लिखित कागज गराएर जहाज उडाएका थिए।

जहाजमा सात महिनाभन्दा बढि समय भएका गर्भवतीहरुलाई राख्ने चलन नभए पनि मायादेवी र शिशुको ज्यान जोगाउन उनीहरुलाई नेपालगञ्ज लान आफूहरु तयार भएको निगमका अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement