एनसेलले ल्यायो  ‘नाइट डेटा प्याक’, दश पैसामा एक एमबी डाटा प्रयोग गर्न सकिने

Advertisement

काठमाडौं । निजी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा  करबाहेक १० पैसाप्रति मेगावाइटसम्म प्रयोग गर्न सकिने गरी ‘नाइट डेटा प्याक’ ल्याएको छ। 

बुधबारबाट सुरु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाइट डेटा प्याक खरिद गरी रातको १० बजेदेखि बिहान ६ बजेसम्म सुलभ दरको डेटा सेवा उपयोग गर्न सक्नेछन ।

Advertisement

चालिस एमवि डेटा रहेको दैनिक नाइट डेटा प्याक ग्राहकले आठ रुपियाँमा खरिद गर्न सक्नेछन् । प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबी डेटा भोल्युम भएको सातदिनसम्म मान्य हुने साप्ताहिक नाइट डेटा प्याकको मूल्य ४० रुपियाँ रहेको छ भने ग्राहकले एक हजार एमबी डेटा भोल्युम रहेको मासिक नाइट डेटा प्याक सय रुपियाँ खरिद गर्न सक्नेछन् । 

मासिक नाइट डेटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रति एमबीमा इन्टरनेट चलाउन सक्छन् । यी नाइट डेटा प्याकका मुल्यहरु करबाहेक हुन् ।

ग्राहकले यी नाइट प्याक सेवाहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुरु गर्न सक्छन् । साथै, आफूले लिन चाहेको प्याकको भोल्युम टाइप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिनेछ । 

उदाहरणका लागि एक दिने नाइट डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा ४० लेखी स्पेस दिएर अंग्रेजीमा एन टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुरु गर्न सक्छन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि रहँदै डेटा भोल्युम उपभोग भएमा ग्राहकले बाँकी अवधिको राति १० बजेदेखि बिहान ६ बजेसम्म ५० पैसा प्रति एमबीका दरले डेटा सेवा प्रगोग गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म संचालनमा रहने एनसेलले जनाएको छ ।

Advertisement

Advertisement