डिश होमको चौधौं सेवा केन्द्र बागलुङमा

Advertisement

काठमाडौं । डिश होमले बागलुङमा आफ्नो चौधौं सेवा केन्द्र स्थापना गरेको छ । डिश होमका  नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले केन्द्रको उदघाटन गरेका हुन । 

सेवा केन्द्रबाट हार्डवयर र अन्य सर्भिससम्बन्धी समस्याको समाधान, घरमै पुगेर दिने प्राविधिक सहयोग, रिचार्ज र सिग्नलसम्वन्धी समस्या समाधान गरिनेछ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डीटीएच सेवा प्रदायक यस कम्पनीले विगत पाँच बर्षदेखि नेपालभर सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने कम्पनीको भनाई छ । यो प्रविधि सिधै स्याटेलाइटमा आवद्ध हुने भएकोले यसको ध्वनी र दृश्य गुणस्तरीय हुने जनाइएको छ । डिशहोमले १५ हाइ डेफिनेसन (एचडी) च्यानलसहित विभिन्न स्वदेशी विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । 

 

Advertisement

Advertisement