जब श्रीमतीले आाफ्नै श्रीमानको औंला काटेर पोलेर खाएपछि.....

Advertisement

दाङः दाङमा एक महिलालाई आफ्नै श्रीमान चन्द्रबहादुरको हातका औंला काटेर पोलेर खाएको अभियोगमा प्रहरीले प्रक्राउ गरेको छ । महिलाले गए राति आठ बजे श्रीमानको दाँया हातको चार वटा औंला काटी पोलेर खाएको प्रहरीले जनाएको छ ।

उक्त अभियोगमा तुलसीपुर उपमहानगरपालिका ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् । आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् ।

रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।

Advertisement

Advertisement

Advertisement