पाँच हजार बिच्छीको साथमा दिन बिताउने बिच्छीकी रानी

Advertisement

एजेन्सीः यदि तपाईले आफ्नो वरिपरी बिच्छी देख्नु भयो भने के गर्नु हुन्छ होला ? पक्कै पनी त्यसलाई देखेर डराउनु हुन्छ । तर, एउटा त्यस्तो महिला जसको साथमा हजारौ सङख्यामा डर लाग्ने बिषालु बिच्छीहरु शरीर वरिपरी हुन्छन् ।

queen-of-bichhi1

तपाईहरुलाई अचम्म लाग्दो होला यस्तो खतरनाक कीरा जसको टोकाइले मूत्यु पनि हुन सक्छ । यस्तो, बिषालु कीराको साथमा को बाच्छ होला ? तर, थाइल्याण्डमा यस्तो बिच्छी की रानी बस्छीन् । जसले ३३ दिनमा लगभग पाँच हजार बिच्छीको साथमा आफ्नो दिन बिताएकी छिन् ।

कन्चना काएतकावे नाम गरेकी ३९ बर्षीय ती महिलाले आफ्नो अनुहारमा तीन मिनेट २८ सेकेड बिषालु बिच्छी राखेर गिनीज बुक वल्र्ड रेकर्डमा समेत आफ्नो नाम लेखाएकी छिन् ।

queen-of-bichhi2

यती मात्र हैन कन्चनाको यस्ता सोख छन् की उनले आफ्नो अनुहारमा मात्र नभइ मुख भित्र पनि बिच्छी राख्ने गरेको बताएकी छिन् । उनी थाइल्याणको टाइगर चिडियाखानामा काम गर्थिन् र यिनै बिषालु कीराहरुको साथ शो देखाउने र चिडियाघरमा पनि आफ्नो शरीरमा बिच्छी राखेर घुम्ने गरेकी थिइन् ।

जसले गर्दा त्यहा आउने पर्यटकहरु उनलाई देखेर दंग पर्ने गरेको र उनीसँग सेल्फी खिच्नको लागि मरिहत्ते गर्ने गरेका थिए । उनलाई आफ्नो कामसँग माया बसेको र कामको तारीफ समेत पाउने गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement