'क्रस दी बोर्डर'मा कुशकुमार जोशीले आफ्नो सफलताको कथासँगै प्रेरणादायी मन्तव्य दिने

Advertisement

काठमाडौंः उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको उद्यमशील कार्यक्रम ‘क्रस दी बोर्डर’को आउँदो श्रृखलामा शनिबार सफल उद्यमी कुशकुमार जोशीले आफ्नो सफताको कथा बताउने भएका छन् । 

उद्यमशील बनौं भन्ने मर्मसहितको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डको हलमा आयोजना हुने जनाइएको छ । यस कार्यक्रममा उद्यमशील बन्न चाहने युवाहरुलाई जमघट गराई रोलमोडल बनेका उद्यमीले आफ्नो सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य राख्नेछन् । 

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष जोशीलाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । २०६४ मा महासंघको अध्यक्ष भएका जोशी इलेक्ट्रिकल इन्जिनियर हुन् ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष जोशी हाल हिमालयन बेम्बो प्रालि, मेडिटेरियन लिंक होल्डिङ प्रालि, लिबर्टी इनर्जी हाइड्रो पावर प्रालि र इनर्जी इन्जिनियरिङ प्रालिका अध्यक्ष छन् । 

लिबर्टीले २५ मेगावाटको उपल्लो दोर्दी परियोजना र ६ दशमलव ५ मेगावाटको उपल्लो मैलुङ परियोजना निर्माण गरेको छ । इनर्जी इन्जिनियरिङले रसुवामा ७ दशमलव ४ मेगावाटको उपल्लो मैलुङ ‘ए’ चलाएको छ । 

जोशी प्रबन्ध निर्देशक रहेको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले स्तरीय विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्छ । यो कम्पनीले नेपालको ट्रान्सफर्मरको आवश्यकतालाई पूर्ति गर्न सहयोग गर्नुभएका साथै निर्यातसमेत गर्दै आएको छ । उनी नेपाल सडक सुरक्षा समाजको अध्यक्ष पनि हुन् ।

संखुवासभाको चैनपुरस्थित सरस्वती हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका जोशीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा प्रमाणपत्र तह र बेलायतको सोसाइटी अफ इन्जिनियर्सबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

Advertisement

Advertisement