दुनियाँको यस्तो सहर, जहाँ मानिसहरु मर्न पाइँदैन

Advertisement

एजेन्सीः कुनै समय अगाडी नेपालमा ‘भागेर जाँउ कुन ठाँउ जाँउ, मान्छे नमर्ने सहर हुँदैन’ बोलको गीतले धेरैको मन जितेको थियो । यदि तपाई पनि यस्तै प्रकारको विशेषता भएको मान्छे नमर्ने सहरको खोजीमा भौतारिइरहनु भएको छ भने चिन्ता नगर्नुहोस । दुनियामा यस्तो सहर फेला परेको जहाँ मानिसहरु मर्न पाउँदैनन् ।

तर, तपाई पत्याउनुहुन्छ ? सुनेर अचम्म पनि लाग्यो होला । मान्छे नमर्ने सहर हुन्छ ? भनेर । हो नर्वेको एक सहर ‘लान्गइयरबेन’मा मान्छेहरुलाई मर्न मनाही गरिएको छ । त्यस सहरको कानुनले मानिसहरुलाई मर्नबाट बञ्चित गरेको हो । तर, यस्को कारण अचम्मको छ ।

नर्वेको उक्त सहरमा बस्ने मानिसको संख्या करिब दुई हजार रहेको छ । सहरमा एक मात्र (कब्रिस्तान) लास गाड्ने ठाँउ छ । जहाँ मानिसलाई गाड्न मनाही गरिएको छ । यती मात्र कहाँ होर । त्यहाँ मान्छेहरुलाई ७० वर्षदेखि गाडिएको छैन् ।

मरेको मान्छेलाई गाड्न नपाउनुको कारण हो सहरको बातावरण । लान्गइयरबेनको बातावरण एकदम चिसो भएकाले गाडिएको लासहरु कुहिन पाउँदैन । त्यसकारण मानिसलाई मर्नबाट बञ्चित गरिएको हो ।

Advertisement

Advertisement

Advertisement