जापानमा हुनुहुन्छ वा भ्रमणको तयारीमा? तपाईंको स्मार्टफोन 'टोइलेट पेपर'ले चलाउनु पर्लानी!

Advertisement

सिएनएन : सुन्दानै अचम्म लाग्ने, तपाईंले कहिले कतै सुन्नु भएको छ ? स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन चलाउनको लागि 'टोइलेट पेपर' को प्रयोग गर्नुहोस् भनेर? तपाईं यदी अहिले जापानमा हुनुहुन्छ भने वा जापानको भ्रमण गर्दै हुनुहुन्छ भने नारिटा अन्तराष्ट्रिय बिमानस्थलमा अवस्थित ८६ आगमन स्टलहरुको शौचालयभित्र तपाईंले टोइलेट पेपरमा स्मार्टफोन प्रयोगकर्ताको लागि भनेर उल्लेख गरिएको सन्देश देख्नुहुनेछ ।

उक्त टोइलेट पेपरमा तपाईंलाई जापानमा स्वागत छ भनिएर लेखिएको पहिलो सन्देश छ र त्यस पछी तपाईंलाई तीन सुझाव दिइएको छ जस्मा लेखिएको छ -- पहिले तपाईंको स्मार्ट फोनको स्क्रीन 'आइप गर्न' यस टोइलेट पेपरको प्रयोग गर्नुहोस् ।

Advertisement

दोश्रो बुंदामा लेखिएको छ "जापानमा उच्च स्तरको वाइ-फाइ सेवा देशैभरी प्राप्त गर्नसक्नु हुनेछ र अन्त्यमा तपाईंलाई जापानकै एक ट्रावल गाईड' सम्बन्धी एप जडान गर्न सक्नुहुन्छ जस्ले तपाईंले जापान रहँदा सहज हुनेछ ।

जापानले यसो गर्नुको पछाडी, मनिषहरुले टोइलेटको पेपर भन्दा अहिले हामीले प्रयोग गरिरहेको स्मार्ट फोन पाँच गुणा फोहर र बिभिन्न खाले भाईरस रहने हुनेलाई टोइलेट पेपरको प्रयोग गर्न जापानले सुझाएको हो । तर अहिले यस बारे निकै चर्चा र बहस सामाजिक सन्जालमा भईरहेको छ र मनिषहरुले आफ्नै ढंगले प्रतिकृयाहरु दिइरहेका छन् ।

Advertisement

Advertisement