आठ बर्षीया बालिकाको मस्तिष्कमा भेटियो सयभन्दा बढी नाम्लेकिराका फुल

Advertisement

एजेन्सी । भारतमा आठ बर्षकी बालिकाको मस्तिष्कमा नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिएको छ ।

आठ बर्षकी बालिकाले हरेक दिन टाउको दुख्ने र बेलाबेलामा रिङ्गटा लाग्ने बताउदै आएकी उनलाई यस्तो समस्या छ महिनासम्म देखिएको थियो । उनका अभिभावकले उनलाई दिल्लीको गुडगाँवस्थित र्फोिटस अस्पतालमा पुर्याएका थिए । त्यहाँ उनलाई सीटी स्क्यान गरी हेर्दा ती बालिकाको मस्तिष्कमा सेतो धब्बा देखियो ती धब्बाहरु नाम्लेकिराका सयभन्दा बढी फुलहरु रहेका थिए ।

उनलाई टाउको दुख्ने र सुन्निने समस्या कम गर्न स्टेरोइड्स प्रयोग गरीएको थियो । स्टेरोइड्सका कारण उनको तौल ४० किलोबाट बढेर ६० किलो पुगेको थियो । अहिले उपचार पछि ती बालिका सामान्य रहेकि छन् ।

यस्तो समस्या राम्रोसंग नपाकेको र नपखालेको खानेकुरा खानाले नाम्लेकिराको फुल पेटमा पुग्छ र त्यहाँबाट रगत मार्फत शरीरका विभिन्न भागमा पुग्ने र्फोिटस अस्पतालका डाक्टरले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement