गत आवमा सात खर्ब ३० अर्ब रेमिट्यान्स भित्रियो

Advertisement

काठमाडौं । गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा गएका कामदारहरुबाट सात खर्ब ३० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । गत असार महिनामा मात्रै ५१ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको थियो । गत आवमा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको तुवनामा पाँच दशमलव ०३ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आव(२०७३–७४)मा छ खर्ब ९५ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएकोमा गत आवमा केहि सुधार आएको छ । अघिल्लो आवमा वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवाहरु भूकम्पपछिको पुनर्निमाण कारण फेरी विदेश नगएकोले रेमिट्रयान्सको वृद्धिदर घटेको थियो ।

आधाभन्दा बढी नेपालीहरुको मुख्य आयस्रोत रेमिट्यान्स रहेको छ । पछिल्लो पाँच वर्षमा लगातार रेमिट्यान्स भित्रने क्रम बढेको छ । रेमिट्यान्सले जीवनस्तर सुधार तथा गरिबी न्यूनीकरणमा पनि सहयोग पुगेको छ ।

नेपाली कामदारहरु विषेशगरी मलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमनलगायत मुलुकमा रोजगारीका लागि जाने गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक लाख चार हजर भन्दा बढी कामदार वैदेशिक रोजगारीको लागि मलेसिया गएका छन् । त्यस्तै ९७ हजार पाँच सय भन्दा बढी कतारमा र ५५ हजार छ सय भन्दा बढी अंयुक्त अरब इमिरेट्समा गएका छन् ।

रेमिट्यान्सको ठूलो हिस्सा बचत हुने गरेको भए पनि सदुपयोग भने हुन सकेको छैन । रेमिट्यान्सले औषत नेपालीको क्रयशक्ति बढेपनि पुँजी निर्माणमा प्रयोग हुन नसक्दा उपभोगमा मात्र खर्च हुने गरेको जानकारहरु बताउछन् ।

आर्थिक वर्ष २०७०–७१ मा पाँच खर्ब ४३ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको मा गएको आवमा भने करिब ८५ प्रतिशतले वृद्धि भई सात खर्ब ३० अर्ब रुपियाँ पुगेको छ ।

वैदेशिक रोजगारीमा जानेमध्ये धेरैमा लगानीसम्बन्धि चेतना नहुनु, लगानी प्रति आकर्षित नहुनु, ऋण भुक्तानी गर्नुपर्ने बाध्यता हुनुलगायतका कारण उक्त रकम पुँजी निर्माणमा प्रयोग हुन नसकेको हो ।

Advertisement

Advertisement

Advertisement