औद्योगिक व्यापार मेला सम्पन्न, महिला उद्यमीलाई लागि १० लाख ऋणः उद्योगमन्त्री

Advertisement

काठमाडौंः उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन् । 

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को सोमबार समापन कार्यक्रममा उनले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही रु १० लाख ऋण दिने योजनाबारे पनि जानकारी दिए । 

Advertisement

महासङ्घका अध्यक्ष श्याम गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताए । 

कार्यक्रममा उत्कृष्ट प्रविधिमा प्रदीप नेपाल, नवीन आविष्कारमा सुमन पौडेल, उत्कृष्ट महिला उद्यमीमा सीता मल्ल, उत्कृष्ट उद्यमीमा बुद्ध ह्यान्डिक्राफटका नीलम ताम्राकार र स्वचालित धारा प्रणालीका रवीन गिरी घोषित भए । उत्कृष्ट हुनेलाई भारतको औद्योगिक भ्रमण गराइने आयोजकले जनाएको छ ।

यही वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित उक्त प्रदर्शनीमा करिब सात करोड रुपियाँभन्दा बढी कारोबार भएको बताइएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष पनि थिए ।

Advertisement

Advertisement