आइएमईको 'दशैंमा २० लाख योजना'का पहिलो विजेता बने नेत्रबहादुर

Advertisement

काठमाडौं । आइएमईले यसपालिका दशैं, तिहार र छठलाई लक्षितगर्दै ल्याएको ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणागरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । मल्लले  एक लाख रुपियाँ नगद  प्राप्त गर्ने भएका छन् ।

२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’ बाट पाँचजना र दैनिक ‘लक्कीड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेताघोषित भइसकेका छन् ।

आफ्नो स्थापना देखिनै  रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट आफ्ना सेवाहरु दिँदै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement