ललितनिवास प्रकरणका मुख्य योजनाकार शोभाकान्तलाई सदरखोर पठाइयो

Advertisement

काठमाडौं। विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । 

उनलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियो ।

Advertisement

विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता  पाण्डेयले जानकारी दिए । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।

Advertisement

Advertisement