गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन, खुला होला त गाँजा खेती ?

Advertisement

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने बताएका थिए । 

बजेट वक्तव्यमा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिने बताइएको थियो । सोहीअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सोमबार कार्यदल गठन भएको हो । कार्यदललाई गाँजालाई औषधिका रुपमा उपयोग गर्ने कुरा र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्य अनुसन्धान गर्नेबारे कार्यादेश दिइएको छ । 

Advertisement

गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान गर्नेछ । अर्थमन्त्री महतको अध्यक्षतामा आज बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । 

कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन महतले निर्देशन पनि दिए । 

Advertisement

Advertisement