प्रयोगशालामै अव मानव डिम्ब उत्पादन !

Advertisement

एजेन्सी: दशकौँको प्रयासपछि अब मानिसको डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ।
प्रयोगशालामा पहिलोपटक सफलतापूर्वक मानव डिम्बको उत्पादन गरिएको इडिन्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दावी गरेका छन्।

सो प्रविधिको विकास अवको दिन राम्ररी हुन सके क्यान्सर रोगको उपचार गरिएका बालिकाहरूको प्रजनन क्षमता सुरक्षित राख्न सहयोग पुर्‍याउने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।

उनीहरुको यो पनि दावी छ कि ' विज्ञानका लागि रहस्य नै रहेको मानव डिम्बको विकाससँग सो सम्बन्धि खोज गर्न पनि यसले अझ बढी सघाउ पुग्नेछ।'

उनीहरुले भनेका छन् यो उत्साहजनक र अद्वितीय उपलब्धि हो। तर चिकित्सकीय प्रयोजनमा ल्याउनका लागि यसमा थप सुधार हुनु पर्नेछ।

जन्मिदा महिलाहरूको डिम्बाशयमा अपरिपक्व डिम्बहरू हुन्छन् जुन यौवनकालमा पूर्ण रूपमा विकसित हुन्छन्।

त्यसका लागि प्रयोगशालाको नियन्त्रित परिस्थितिमा अक्सिजन, हर्मोन र प्रोटिन एवम् डिम्ब हुर्काउन प्रयोग गरिने माध्यम आवश्यक पर्छ।

वैज्ञानिकहरूले यो सम्भव भएको देखाए पनि 'मलिक्युलर ह्युमन रिप्रडक्शन' जर्नलमा प्रकाशित पद्धतिमा थप सुधार आवश्यक छ।

जम्मा १० प्रतिशत डिम्ब मात्र परिपक्व हुने भएकाले यो कम प्रभावकारी मानिएको छ।

यसरी विकसित डिम्बहरूको निषेचन नगरिएको हुनाले ती कति उत्पादनशील हुन्छ त्यो अनिश्चित नै छ।

Advertisement

Advertisement

Advertisement