एक १९ वर्षीय युवती जो आफ्नो जीवनको अन्तिम अवस्थामा विवाह गरेर बिदा हुन चाहिन्...

Advertisement

एजेन्सी: एक १९ वर्षीय युवती जो आफ्नो जीवनको अन्तिम घडीमा अस्पतालका 'बेड' मा बिताइरहेका थिए र उनको जीवनको अन्तिम इच्छा एकपटक विवाह गरेरै मर्ने धोको आफ्नो अभिभावकलाई राखेपछि उनका लागि योग्य दुलाहको खोजी सुरु भयो ।

उनको त्यो अन्तिम इच्छा अरुको नभएर आफ्नै एक साथीले पूरा त गरिदिए तर उनले भ्यालेन्टाइन दिवसकै दिनमा पीडित युवती लेडिया डोमिङगियुजको फेब्रुअरी १४, २०१८ मा निधन भएको छ । उनले आफ्नो नवविवाहित पतिको काखमा प्राण त्याग गरेकी थिइन् ।

उनले आफु मृगौलाको क्यान्सरको रोगले जीवनको अन्तिम अवस्था रहेको चाल पाएपछि उनले आफु मर्नु आघि आफ्नै मिलनसार साथिसँग विवाह गरेर मर्ने सपना रहेको आफ्नो परिवारलाई बताएकी थिइन् ।

उनको त्यो मिल्ने साथी जोसुवा (दुलाह) ले जव उक्त पीडित साथीलाई आफुले उनीसित विवाहको प्रस्ताव राखिन् लगतै युवतीले 'एस' अर्थात आफु उक्त प्रस्तावको ब्यग्र प्रतीक्षामा रहेको प्रतिक्रिया दिइन् ।

https://www.youtube.com/watch?v=NCqx75j_okA

उनीहरुको विवाह फेब्रुअरी १२, २०१८ मा अस्पतालमा परिवार, साथीभाई, डाक्टर, नर्स र पादरीकोबीचमा सम्पन्न भएको थियो । अस्पतालको एक हाल सोहि विवाह समारोहका लागि भनेर पुरै गुलावका फुलले सजिसजावट गरिएको थियो ।

उनका परिवार र अस्पतालका सहयोगीले उनलाई बिस्तारै 'वीलचेयर'बाट उठाएर विवाह समारोहमा सहभागी गराए ।

दुलाह जोसुवाले आफु उसको लागि जस्तो सुकै अवस्थामा पनि जीवनभर साथ दिन तयार रहेको प्रतिक्रिया दिएका थिए । उनीहरु दुईबीच एक वर्षअघि मात्रै चिनजान भएको थियो ।
एजेन्सीको सहयोगमा

Advertisement

Advertisement

Advertisement