अमेरिकी दम्पतीले आफ्नै घरमा चोरी भएको यसरी हेरे प्रत्यक्ष (भिडियोसहित)

Advertisement

सिएनएन: तपाईंलाई आफ्नो घरमा चोर घुसेर सबै सामान लगेको आफ्नै आँखाले देख्दा त्यो भन्दा ठुलो पीडा के होला? तर अमेरिकाको मिसौरी राज्यको मध्यपस्चिम क्षेत्रमा रहेको कन्सास शहरमा नयाँँ बर्ष-२०१७ को पूर्व सन्ध्यामा एउटा यस्तै घटना भएको छ ।

कन्सास शहरमा अग्नी नियन्त्रकको काम गर्ने श्रीमान रायन कोयहलर र केस्लीले उनीहरुको घरमा चोरी भएको घटना आफ्नै मोबाइल फोनमा प्रत्यक्ष हेरे । उनीहरुलाई यो सन्देश तब थाहा पाए जब आफ्नो मोबाइलमा आफ्नो घरमा केही गतिबिधी भईरहेको सन्देश टेक्स्ट लेखेर जानकारी आयो।

Advertisement

उनीहरुले हेरेको भिडियोमा पहिले चोरले घरको घन्टी बजाउन्छन त्यसपछी पनि ढोका नखोलेपछी उनीहरु घरको ढोकानै फोरेर घर भित्र प्रबेश गर्छन् र त्यतिनै नै बेला घरमा रहेको कुकुर पनी चोरको अघी पछी गर्दै हिडछ ।

घरमा घुसेको दुई चोरहरु त्यसपछी त्यहाँ रहेको टि।भी लागायत अरु सरसामान उठाएर एकै छिनमा बहिरिन्छन । घर चोरी भएको प्रत्यक्ष भिडीयो हेरेपछी श्रीमती केस्लीले भनिन्- 'जब चोरले मेरो घरको ढोका फोरे त्यसपछी मेरा हातगोडा काप्न थाले र म केही बोल्न सकिन'।  

 

Advertisement

Advertisement