जनकपुरको विकासका लागि भन्दै मोदीले गरे एक अर्ब रुपियाँ सहयोगको घोषणा

Advertisement

काठमाडौंः नेपाल भ्रमणका क्रममा जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक अर्ब रुपियाँ सहयोग गर्ने बताएका छन् ।

जनकपुरमा नागरिक अभिनन्दन पाएपछि उनले सम्बोधन गर्ने क्रममा एक अर्ब सहयोग गर्ने बताएका हुन् ।

मोदीले सीताको जन्मभुमी जनकपुरधाम र त्यस वरपरको क्षेत्रको विकासका लागि भन्दै उक्त रकम सहयोगको घोषणा गरेका हुन् ।

उनले रामायण सर्किटका साथै बुद्ध सर्किट र जैन सर्किट निर्माणको घोषणा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement