कम्बोडियाको एक कम्पनीलाई 'मानव अंगको दुध' अमेरिका निर्यात गर्नबाट रोक

Advertisement

एजेन्सी: कम्बोडियाको एक प्रयोगशाला कम्पनीलाई त्यहाँको स्वास्थ्य मन्त्रालय र सरकारले मानव अंगको दुध अमेरिकामा निर्यातका गर्नबाट रोक लागाएको छ ।

त्यहाँको मन्त्रलायले एम्ब्रोसिया ल्याबलाई मानव अंगको दुध निर्यात गर्नबाट रोकेको हो । उक्त ल्याबले मन्त्रालयबाट अनुमति नलिएको र उक्त कार्य नैतिक मूल्यभन्दा फरक भएकोले उक्त कार्य रोक्न लगाएको हो र हाल यस ल्याबलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले निलम्बन समेत गरेको छ ।

Advertisement

उक्त ल्याबले अमेरिकी कम्पनीलाई बेच्ने गर्दथे त्य्पो पनि पाँच आउन्स मानव दूधलाई २०० डलरमा । सो दूध कम्बोडियाली सुत्केरी आमाहरुबाट ल्याबले एक आउन्सको ६४ सेन्टमा खरिद गर्दथे । उक्त दूध बेच्न वा निकाल्न, महिलाहरुले उक्त ल्याबमा आएर, मेसिनको सहायताले आमाहरुको दूध निकाल्ने गरिन्थ्यो ।

उक्त दूध दिनको लागि योग्य हुन भने, पहिले महिलाहरुले आफ्नो बच्चीहरुलाई ६ महिनासम्म दूध खुवाएको हुनुपर्ने भनिएको छ ।

कम्बोडियाका भन्सार तथा अन्तसुल्क कार्यालयका महानिर्देशक कुन हेमले ल्याबलाई निलम्बन गरेर स्वास्थ्य मन्त्रलायमा सम्पर्क राखन भनेको बताएका छन् ।

ल्याबका सह-संस्थापक ब्रोंज़सन् वूड्स भन्छन् -- "हामीले कम्बोडियाली महिलालाई आफ्ना बच्चा र उनीहरुलाई आर्थिक रुपले आम्दानीको बाटो देखाइदिएका मात्रै हौँ।"

आफ्नो दूध बेच्दै आएकी एक महिला भन्छिन्- "म यसो गर्दै छु किनकि मसंग पैसा छैन र मलाई पैसाको खाँचो छ" ।
तर त्यहाँका आलोचकहरुले यस घटनाबारे कम्पनीले आर्थिक हिसाब न्युन आय भएका महिलाहरुलाई यस्तो गर्न लगाएको र उनीहरुको जीउ र शरीरको रक्षा गर्न नसकेको आरोप लगाएका छन् ।
 

Advertisement

Advertisement