पर्यटकलाई झुक्याउन गधा रङ्ग्याएर बनाइयो जेब्रा

Advertisement

एजेन्सी । इजिप्टको एउटा चिडियाखानामा गधालाई रङ्ग्याएर जेब्रा जस्तै बनाएको आरोप लागेको छ ।

महमुद सरहान नाम गरेका एक विद्यार्थीले कायरोस्थित इन्टरनेशनल गार्डन म्युनिसिपल पार्क घुमिसकेपछि जेब्राको फोटो फेसबुकमा पोस्ट गरेका थिए । उक्त फोटोमा जेब्राको तुलनामा त्यसको लम्बाइ सानो थियो र कान तथा मुखको स्वरुप पनि फरक देखिएको थियो ।

सरहानले चिडियाखानामा आफुले दुईवटा जनावर देखेको र दुवै रङ्ग्याएको एक स्थानिय टीभीलाई बताए । तर चिडियाखानाका निर्देशक मोहम्मद सुल्तानले स्थानीय नोग्म एफएमलाई त्यहाँ भएको जनावर नक्कली नभएको बताएका छन् ।

यसरी चिडियाखानामा आउनेहरुलाई मूर्ख बनाएको यो पहिलो घटना भने होइन । सन् २०१२ मा गाजास्थित एक चिडियाखानामा जिउँदो भन्दै मृत जनावरको पुत्ला देखाएकोे थियो । सन् २०१३ मा चिनको एक चिडियाखानामा एउटा तिब्बती कुकुरलाई अफ्रिकी सिंहको रुपमा देखाइएकोे थियो । त्यस्तै सन् २०१७ मा चीनकै अर्को चिडियाखानामा सक्कली भनेर प्लास्टिकको पेन्गुइन राखिएको थियो ।

Advertisement

Advertisement

Advertisement