एफवान सफ्टले कर छली गरेको पुष्टी, आन्तरिक राजश्व विभागद्धारा रु. १७ करोड कर निर्धारण

Advertisement

काठमाडौं । प्रविधि क्षेत्रको अग्रणी कम्पनी एफवान सफ्टले कर छली गरेको पुष्टी भएको छ । कम्पनीलाई आन्तरिक राजस्व विभागले कर छली प्रमाणित गर्दै पुनः कर निर्धारण गरेको हो ।

विभागले एफवान सफ्टको आर्थिक वर्ष २०७५–७६ को विवरणमा कर छली गरेको भेटिएको हो । यो वर्षको विवरणमा १७ करोड कर छली भएको भेटिएको  हो। विभागकाले कम्पनीलाई कर निर्धारण गरी पत्र पठाइसकेको छ । सो पत्रको जवाफ कम्पनीले १५ दिनभित्र दिइसक्नुपर्नेछ ।

Advertisement

अनुसन्धानका क्रममा सहभागी एक कर्मचारीले भने ‘हामीले आर्थिक वर्ष २०७५–७६ को फुल अडिट सक्काएका छौं । यसबाट १७ करोड कर निर्धारण गरेका छौं ।’ विभागले गत वर्ष उक्त कम्पनीलाई कर छली गरेवापत दुई करोड रुपियाँ तिराएको थियो ।

कम्पनीले फुल अडिटमा असहयोग गरेको पनि ती कर्मचारीले बताए । विभागले मागेको कागजाज दिन कम्पनीले अस्वीकार गरेको बताउँदै कम्पनीको सबैभन्दा धेरै कर निर्धारण मिसम्याचमा देखिएको छ । कारोबार मिसम्याच हुनु भनेको पारदर्शी ढंगले कम्पनीले हिसाब किताब नदेखाउनु हो ।

विभागले मागेको खातापाताको हिसाब देखाउँदा झन् फँसिने अवस्था आएपछि कम्पनीले हिसाब खाता उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । एफवान सफ्टअन्तरर्गतको ई–सेवामा डेढ करोड रुपियाँ जति कर छली भेटिएको छ । ई–सेवा अनलाईन जुवा खेलाउने कार्यमा सहभागी हुँदै आएको छ । उक्त प्रकरणमा प्रहरीको अपराध अनुसन्धान हेर्ने टिमले सुक्ष्म छानविन पनि गरिरहेको छ । 

विभागले ई–सेवाको खातापाता माग्दा पनि दिन अस्वीकार गरेको छ । ती कर्मचारीले थपे, ‘कारोबार अथाह छ । विवरण माग गर्दा उपलब्ध गराउँदैन् । निकै थोरै विवरण मात्रै लिएर उपस्थित हुने गरेको छ । थोरै मात्रै विवरण बुझाएर कम्पनीले कर अधिकृतलाई समेत हैरान पार्यो ।’

यसैगरी, एफवान सफ्टले ब्राण्डिङ शीर्षकमा पनि ठूलो रकम विनियोजन गरेको छ । यो शीर्षकमा कम्पनीको प्रचार प्रसारमा खर्च गर्नेगरिन्छ। तर यो कम्पनीले ठूलो रकम खर्चमा देखाए पनि कसलाई कति रकम बाँडेको हो ? कुनै उल्लेख छैन् । ब्राण्डिङ खर्च कुन पक्षलाई भुक्तानी दिएको हो ? स्पष्टरुपमा खुलाउनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै बिना कर भौचर उक्त शीर्षकमा रकम वितरण गर्ने कुरालाई वैध मान्न नसकिने बताए । 

कम्पनीले हिसाब खाता उपलब्ध नगराउनुले विशेष अर्थ राख्ने विभागको भनाई छ । मागेअनुसार हिसाब खाता सबै उपलब्ध गराउँदा झन ठूलो समस्यामा परिने डरले एफवान सफ्टले थोरै विवरण मात्रै बुझाएको देखिन्छ । तर कर अधिकृतहरुले भने कम्पनीले मागेको विवरण नदिएर हैरान बनाएको बताए । 

कम्पनीको भगिनी संस्था ई–सेवा अनलाइन जुवा कम्पनी वान एक्स बेटको पहिलो गेट–वे भएको प्रहरीले छानविन पछि बताएको छ । सोही गेटवेबाट पसेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा खेलाउन विभिन्न पाँच जनालाई पक्राउ समेत गरिसकेको छ । 

भुक्तानी सेवा तथा प्रविधि क्षेत्रमा एकाधिकार जस्तै व्यवसाय गर्दै आएको एफवान सफ्टले सन् २०२२ को आम्दानीबाट मात्रै १३५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीमा ३५ प्रतिशत विश्वास ढकाल एक्लैको शेयर रहे पनि सञ्चालकहरुबीच भने लामो समयदेखि विवाद कायम रहेको छ । 

यो पनि पढ्नुहोस्ः

विश्वास ढकालको ३५ प्रतिशत स्वामित्व रहेको एफवान सफ्टले बाँड्यो १३५ प्रतिशत लाभांश 

वान एक्स बेटको पहिलो गेटवे ई–सेवालगायतका वालेट हुन्ः एसएसपी मनोज केसी

फोन–पेमा प्राविधिक समस्या र सुरक्षा ‘थ्रेट’ बढेपछि बैंकहरुले आफ्नै स्विच प्रयोग गर्न थाले

एफवान सफ्टमा विवादपछि बोर्डबाट हटाइएका अस्गरलाई कम्पनीबाटै हटाउने तयारी

एफवान सफ्टको चार आवको कर परीक्षण हुँदै, ‘कैफियत भेटिए पूराना फाइलहरु पनि तान्छौं’

छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

राष्ट्र बैंकको निर्देशनपछि ई–सेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द

लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

एफवान सफ्ट ‘विग’ कम्पनीको सुचीमा, १५ अर्ब ६६ करोडको व्यापार गर्न सफल

ई–सेवालगायतका वालेटद्धारा वैदेशिक रोजगार बीमामा अनधिकृतरुपमा सेवाशुल्क अशुल

Advertisement