करोडौं रुपियाँ कर छलीको पत्र बुझ्न आनाकानी गर्दै आएको एफवान सफ्टले पत्र बुझ्यो

Advertisement

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.ले कर छली गरेको पत्र बुझेको छ । कम्पनीका प्रतिनिधिले आन्तरिक राजस्व विभागले निर्धारण गरेको पत्र बुझेर लगेका हुन् । 

यसअघि एफवान सफ्टलाई पत्र बुझ्न आउन विभागले आग्रह गर्न उसले आनकानी गर्दै आएको थियो । कर छली भएको आशंकापछि विभागअन्तर्गतको ठूला करदाता कार्यालयले कम्पनीको आर्थिक वर्ष २०७५–७६ को ‘फुल अडिट’ (पूर्ण कर परीक्षण) गरेको थियो । 

Advertisement

अडिटमा कैफियत भेटिएपछि कार्यालयले प्रारम्भिक चरणमा १७ करोड कर निर्धारण गरेको थियो । तर पछि सो कर घटाइएको बुझिएको छ । गत आर्थिक वर्षमा पनि कम्पनीले दुई करोड रुपियाँ कर छली भएको प्रमाणित भएपछि कर दाखिला गरेको थियो ।

कम्पनीलाई विभागले कर निर्धारण गरेपछि कम्पनीका निर्देशक संभव सिरोहिया विभाग पुगेका थिए । उनी कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाका छोरा हुन्् । कान्तिपुर ग्रुपले एफवान सफ्टमा लगानी गरेसँगै कैलाशले संभवलाई एफवान सफ्टको निर्देशक बनाएका थिए । 

विभागका एक कर्मचारीले भने, ‘कम्पनीका एक प्रतिनिधि आएर पत्र बुझेर जानु भएको छ । अब कर तिर्ने कि मुद्दा लड्ने कम्पनीले निर्णय गर्ने कुरा हो ।’

कम्पनीको आर्थिक वर्ष २०७५–७६ को अडिट सकिए पनि त्यसपछिका आर्थिक बर्षहरुको फुल अडिट बाँकी नै छ । फुल अडिटका क्रममा पटक पटक हिसावकिताव माग्दा एफवान सफ्टले फाइल नदिएर निकै हैरान पारेको विभागका कर अधिकृतहरुले यसअघि गुनासो गरेको थिए । 

सन् २००४ मा स्थापना भएको यो कम्पनी प्रविधि क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीले कारोबार बढाउँदै लगे पनि कर छली पनि पनि बढाउँदै लगेको छ । एफवान सफ्टको सहायक कम्पनी ई–सेवाले अवैधरुपमा अनलाईन जुवा खेलाउन सहयोग पुर्याउँदै आएको यसअघि प्रहरीले नै तथ्य फेला पारेको थियो । 

ई–सेवाले अनलाइन जुवा खेलाउन भूमिका खेल्दै आएको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताए पनि सो कम्पनीमाथि कारवाही गर्न प्रहरी र नेपाल राष्ट्र बैंकले आनकानी गर्दै आएको छ । फुल अडिट भएको बर्षमा एफवान सफ्टअन्तर्गतका कम्पनीहरुमध्ये ई–सेवाका लागि मात्रै डेढ करोड कर निर्धारण गरेको छ । 

मिडिया सञ्चालकहरुको लगानी भएपछि एफवान सफ्टले हिसावकिताब गोलमाल गर्ने, कर छली गर्ने क्रम बढेर गएको छ । अडिटमा संलग्न कर्मचारीका अनुसार कम्पनीको आम्दानीको तुलनामा खर्च निकै ठूलो देखाइएको छ । तर खर्चलाई पुष्टी गर्ने आधार भने कमजोर छ । 

यो पनि पढ्नुहोस्ः

बैंकहरुले विस्थापित गर्न थालेको फोनपे नेटवर्क सरकारी स्वामित्वको ‘नमस्ते–पे’ले प्रयोग गर्ने 

एफवान सफ्टले कर छली गरेको पुष्टी, आन्तरिक राजश्व विभागद्धारा रु. १७ करोड कर निर्धारण

विश्वास ढकालको ३५ प्रतिशत स्वामित्व रहेको एफवान सफ्टले बाँड्यो १३५ प्रतिशत लाभांश 

वान एक्स बेटको पहिलो गेटवे ई–सेवालगायतका वालेट हुन्ः एसएसपी मनोज केसी

फोन–पेमा प्राविधिक समस्या र सुरक्षा ‘थ्रेट’ बढेपछि बैंकहरुले आफ्नै स्विच प्रयोग गर्न थाले

एफवान सफ्टमा विवादपछि बोर्डबाट हटाइएका अस्गरलाई कम्पनीबाटै हटाउने तयारी

एफवान सफ्टको चार आवको कर परीक्षण हुँदै, ‘कैफियत भेटिए पूराना फाइलहरु पनि तान्छौं’

छ महिनामै सात अर्बको व्यापार गर्दै ‘टप टेन’मा पर्न एफवान सफ्ट सफल, कसरी ?

ई–सेवाको माउ कम्पनी एफवान सफ्टको फाइल ‘फुल अडिट’मा, कारोबार शंकास्पद

राष्ट्र बैंकको निर्देशनपछि ई–सेवाको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरूपमा बन्द

लाइसेन्स बिनाका कम्पनीहरुसँग कारोबार गरेको भन्दै ई–सेवालाई कारवाहीको तयारी

ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

एफवान सफ्ट ‘विग’ कम्पनीको सुचीमा, १५ अर्ब ६६ करोडको व्यापार गर्न सफल

ई–सेवालगायतका वालेटद्धारा वैदेशिक रोजगार बीमामा अनधिकृतरुपमा सेवाशुल्क अशुल

Advertisement