खाने प्रतियोगितामा खाँदा-खाँदै दुईको ज्यान गएपछि..

Advertisement

दि वासिंगटन पोस्ट: अमेरिकाको एक शहरमा आयोजना गरिएको 'खानेकुरा खाने' ग्रीक लाइफ प्रतियोगितामा भाग लिएका एक २० वर्षिया युवती र ४२ वर्षिया एक मानिषको घाँटीमा खानेकुरा अड्केर मृत्यु भएको छ ।

अमेरिकाको दुई छुट्टा-छुटै ठाउँमा आयोजना गरिएको सो प्रतियोगितामा सेक्रेट हार्ट विश्वबिध्यालयमा अध्यनरत केट्लिन नेलसनले भाग लिएको प्रतियोगितामा 'प्यान केक' खाँदा खाँदै उनको ज्यान गएको हो ।

उनलाई बचाउन अस्पतालले खुबै कोशिस गरेता पनि प्रयास असफल भएको थियो । उनको मृत्यु खाने नालीमा खाना अड्ड्किएर सास बन्द हुन पुग्दा भएको हो ।

घटना गएको अप्रिल दुई को हो जुन दिन कार्यक्रम हुँदै थियो । उनी उक्त विश्वबिद्यालयमा सोसल वोर्क बिषय लिएर पढ्दै थिइन् । उनको मृत्युको शोकमा विश्वबिद्यालयमा आयोजन गरिएको शोकसभामा हजारौंको संख्यामा बिद्यार्थी र नातेदहरु उपस्थित थिए ।

त्यस्तै, अमेरिकाकै अर्को राज्य कोलोरार्डोमा पनि एक त्यस्तै कार्यक्रममा सहभागिता जनाएका ४०-वर्षीय त्र्याविस मालोफको पनि एक डोनट पसलमा डोनट खाँदा-खाँदै उनको ज्यान गएको थियो ।

 

Advertisement

Advertisement

Advertisement