Advertisement

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आयोगमा आयोजना गरेको निजी क्षेत्रका उद्योगी/व्यवसायीसँगको अन्तरक्रियापछि  प्रमुख आयुक्त  दिनेशकुमार थपलियासँग उद्योगी/व्यवसायीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती । यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो । तस्बिरः सुरेश आचार्य/रासस

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस

काठमाडौं । अमा दब्लम हिमाल (६,८१४ मिटर)मा आरोहण अनुमति सुरु भएसँगै अहिले उक्त हिमालको आधार शिविरमा आरोहीहरुले भरीभराउ भएको छ ।  उक्त हिमाल आरोहणको लागि सेभेन समिट ट्रेक्सबाट शेर्पा माउन्टेन गाइडले रोप फिक्सिङ गरेका थिए । रोप फिक्सिङ भएसँगै विभिन्न कम्पनीक...

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ अवस्थित उत्तम अल्लो कपडा उद्योगमा अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू/रासस

काठमाडौँ । असन बजारमा बिक्रीका लागि राखिएको भाइटीका । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

तिहारको उपलक्ष्यमा सिङ्गारिएको बिशाल बजार । तस्बिरः चन्द्रकला क्षेत्री, रासस

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ  देखिएको झिलिमिली काठमाडौँ । तस्बिरः प्रदीपराज वन्त, रासस काठमाडौँ हलचोकबाट सोमबार लक्ष्मी पूजाको साँझ  देखिएको झिलिमिली काठमाडौँ ।  । तस्बिरः चन्द्रकला क्षेत्री,रासस

चितवन । चितवनको सौराहामा बिहीबार साँझपख रमाउँदै गरेका आन्तरिक तथा वाह्य पर्यटकहरु । पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएकोस्थानीय व्यापारी बताउँछन् ।  तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौं । तिहार आउन अझै केही दिन बाँकी छ । तर राजधानी काठमाडौंलाई तिहार लागिसकेको छ । बजार डुल्दा अनि झिलिमिली र सजावट देख्न  सकिन्छ ।  पसलहरुमा तिहारको किनमेल गर्नेको घुइँचो देखिन्छ भने मिठाई मसला र फूलहरुले ढाकेको छ । बजारमा मात्रै नभएर सर्वसा...

तिहार तथा छठ पर्व नजिकिएसँगै  जनकपुरधाम- ६ पेठिया बजार (पुरानो बजार) मा बिक्रीका लागी राखिएको माटोबाट बनाईएको दियो तथा घैंटोलगायतका सामाग्री । तस्विरः चन्द्रदेव साह÷ रासस तिहार र छठ पर्व नजिकिँएसँगै महोत्तरीको सदरमुकाम जलेश्वरको हटियाम...

लेखनाथ । पोखराको लेखनाथस्थित बेगनास ताल  । आन्तरिक तथा  वाह्य पर्यटक दशैँ बिदामा र सार्वजनिक बिदाका दिन न्यून सङ्ख्यामा  घुम्न आउने गरेकाले  गत तीन वर्षदेखि डुङ्गा व्यवसायी मारमा परेका छन् । तस्बिरः  ऋषिराम बराल/रासस

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, काफ्ले पटीमा किसानले सुकाएर राखेको चौँरीको दूधबाट तयार गरिएको छुर्पी । प्रतिकेजी छुर्पी रु एक हजार ५०० मा खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

काठमाडौं । देशको राजधानीका सपिङ सेन्टर दशैंका कारण रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ ।  बजारमा डमी पिड, लटाईले सझिइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिने...

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं शुरु भइसकेको छ ।  अहिले बजारहरुमा दशैंका लागि किनेमेल गर्नेहरुको भीड बढिरहेको छ भने दशैं मान्न शहरबाट घरजानेको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।  दशैंका लागि नयाँ पैसा साट्न बैंक तथा वित्तीय संस्थामा भ...

चितवन । दशैँका लागि पैसा साट्न, तलब र पेन्सन लिन आइतबार भरतपुरको चौबिसकोठीस्थित राष्ट्रिय बाणिज्य बैंकमा सर्वसाधारणको भीड । तस्बिरः कृष्ण आचार्य/रासस

काठमाडौं । देशकै राजधानी हो काठमाडौं । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? त्यो सरकारले बुझ्नुपर्ने हो । त्यसमाथि अहिले त तीन–तीन वटा सरकार छ । देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठ...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् । तस्बिरः शेरबहादुर सिंह, रासस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारमा नवौँ राष्ट्रिय खेलकूद रनिङ ट्रफि सार्वजनिक गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

चितवन । चितवनको रत्ननगर नगरपालिका–७ चितवन राष्ट्रिय निकुञ्जमा खोप्सार जङ्गलबाट निस्केको जङ्गली गैंडा । गैंडाको तस्बिर खिच्दै पर्यटक । सन् २०२१ को निकुञ्जको तथ्याङ्कअनुसार नेपालमा सात सय ५२ एक सिङ्गे गैंडा छन् । तस्बिरः नवीन लामिछाने/रासस

गण्डकी । पोखरास्थित लेकसाइडको भदौ २४ गते शुक्रबार साँझ देखिएको झिलीमिली दृश्य । तस्बिरः रामबहादुर थापा, रासस

बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको अमलेखगञ्जमा रहेको परियोजना क्षेत्र ।  तीन वर्षअघि सञ्चालनमा आएको  पाईपलाईन मार्फत भारतको मोतिहारीबाट यहाँ डिजल आउने गरेको छ  । तस्बिरः रत्न श्रेष्ठ, रासस

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची खोलामा पुल नहुँदा मेलम्ची घ्याङवासी तुइनबाट खोला तर्दै । तस्बिरः रुपक पुरी/रासस

काठमाडौँ । इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै  मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्याएको थियो । काठमाडौँका र...

काठमाडौँ । इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका लागि तयारी अवस्था राखिएको रथ । तस्बिरः रत्न श्रेष्ठ/रासस